१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

घुम्ती शिविरबाट पन्ध्रसय जनालाई नागरिकता वितरण

1
1
1
1
1
1
1
1
1

खोटाङ
जिल्लाका दुई नगरपालिकाका एक हजार ५०० भन्दा बढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरिएको घुम्ती शिविरबाट बराहपोखरी गाउँपालिका र जन्तेढुंगा गाउँपालिका भित्रका एक हजार ५१६ जनाले नागरिकता पाएका हुन् ।

शनिबार देखि शुरु भएको घुम्ती शिविरबाट जन्तेढुंगा गाउँपालिकामा ७२७ र बराहपोखरी गाउँपालिकामा ७८९ जनालाई नागरिकता प्रदान गरिएको शिविर संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार शिविरमा नागरिकता पाएका तर विभिन्न कारणले अपांगता परिचयपत्र नपाएका जन्तेढुंगा गाउँपालिकामा १४१ र बराहपोखरी गाउँपालिकामा ११७ जना गरी २५८ जनालाई अपांगताको परिचयपत्र प्रदान गरिएको छ ।

शिविरमा दुई गाउँपालिकाका ५७३ जनालाई वैदेशिक रोजगार सम्बन्धी परामर्श दिइएको जनाइएको छ । जन्तेढुंगा गाउँपालिकामा २६९ र बराहपोखरी गाउँपालिकाका ३०४ जनाले वैदेशिक रोजगार सम्बन्धी परामर्श लिएका हुन् । आफ्नै घरआँगनमा सुविधा पाउँदा स्थानीयवासी हर्षित भएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले बताए । नागरिकता लगायतका सेवा पाउनेमा युवा देखि वृद्धवृद्धा समेत रहेका थिए । सुवेदी संयोजक रहेको शिविरमा महिला तथा बालबालिका कार्यालय प्रमुख भुवन राई, शाखा अधिकृत बाबुराम खत्री लगायतको टोली रहेको थियो । जिल्लाका अन्य ठाउँमा पनि तत्कालै एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
रासस

प्रकाशित: २३ माघ २०७४ ०७:१४ मंगलबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी