धुलिखेलमा जारी रेडक्रसको ६ दिने प्रतिकार्य तालिम सम्पन्न

धुलिखेलमा जारी रेडक्रसको ६ दिने प्रतिकार्य तालिम सम्पन्न


धुलिखेल ।

जिल्ला विपद प्रतिकार्य समूह तालिम धुलिखेलमा सम्पन्न भएको छ ।

विपदका समयमा प्रतिकार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेपलाञ्चोकले रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा तालिम सञ्चालन गरेको हो । तालिममा काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गतका २९ उपशाखाका २९ जना स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेका सभापति समुन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारी, जिल्ला शाखाका सचिव पुष्पा बस्नेत, कोषाध्यक्ष महेश्वर जंगम, विष्णुमणि नेपाल, जिल्ला शाखा सदस्य राजु सिग्देल, शिवराम आचार्य, खरिबोट उपशाखाका सभापति प्रदीप केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । समुदायमा आधारित जोखिम न्यूनिकरण परियोजना प्रमुख शिव सुवेदीले कार्यक्रम संचालन गरेका थिए ।

तालिम कार्यक्रमको अनुगमन नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका निर्देशक विपुल न्यौपाने गरेका थिए । तालिममा शेखर रेग्मीको संयोजकत्वमा मनोज थोकर, राजेन्द्र रोकाय, भरतप्रसाद कोइराला, निर्जला केसी लगायतले सहजीकरण गरेका थिए भने व्यस्थापन काभ्रे शाखाका कर्मचारी गोमा तिमल्सिना हुमागाईले गरेकी थिइन् ।

Logo