श्रेष्ठ र बाेहाेरालाई १ करोड धरौटीमा छाड्न आदेश

श्रेष्ठ र बाेहाेरालाई १ करोड धरौटीमा छाड्न आदेश


काठमाडौं । बैंकिङ कसूर मुद्दामा झेलिरहेका  बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै श्रेष्ठ र बोहरा दुबैजनालाई १/१ करोड रुपैयाँ  धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि उनीहरु सर्वोच्च गएका थिए । नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरि बैंकिङ कसूर गरेकाे अभियोगमा उनीहरु पक्राउ परेका थिए । अब श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरेरपछि रिहा हुन पाउनेछन् ।

Logo