उदयपुरको लालबजारमा प्रहरी र स्थानीयवासीबीच झडप

उदयपुरको लालबजारमा प्रहरी र स्थानीयवासीबीच झडप


काठमाडौं

उदयपुरको बेलका नगरपालिकास्थित लालबजारमा ढुंगा उत्खनन् विवादमा आज बिहान प्रहरी र स्थानीयवासीबीच झडप भएको छ। झडपपछि स्थानीयले त्यहाँ चक्काजाम गरेका छन् ।

स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास हानेको छ। चक्काजामका कारण एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्।

सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिए पछि झडपको स्थिती उत्पन्न भएको हो । कुरा मिलाउन नगरपालिका र स्थानीयबीच लामो छलफल भएपनि सहमती हुन नसकेको बताइएको छ ।

Logo