तिमीसँंग…

तिमीसँंग…


तिमीसँग जति नजिक हुन खोज्छु
त्यति नै टाढा पो हुन्छु
ए मेरी नानी,
कस्तो उल्टो तिम्रो बानी !

मनोहर तिम्रो मुस्कान
देख्दैमा बढ्छ मेरो सान
हृदयमा त्यसैको गुणगान
तिम्रै प्रशंसा सुन्न हतारिन्छन् मेरा कान ।

आज चाहनाले अरूलाई खोज्छ,
तर यो मनले तिमीलाई नै रोज्छ ।

सपनामा तिमी, विपनामा तिमी
मनमुटु, हर धडकनमा तिमी
अलग्याउनै नसकिने प्राण झैँ तिमी ।

हर्दम अँगाल्न खोज्छ मेरो मन
तिम्रो त्यो सुवासित तनवदन
मबिनाको तिम्रो जिन्दगी कत्ति मोज छ ।
तर यो मन तिमीलाई नै रोज्छ ।
काठमाडांैको भूतपूर्व लामो लोडसेडिङ्ग
तर आउँथ्यो मलाई रिङ्ग
आज देख्छु अरू चम्किला मोती
तर कहाँ गयो तिम्रो दिव्य ज्योति ?

(कवि पाण्डे युवा उद्यमी पनि हुन् ।)

Logo