१८ असार २०७९ शनिबार
1
1
1
1

0 Shares

महाशिवरात्रिमा विहानै देखि पशुपतिमा भक्तजनको भीड

1
1
1
1

काठमाडौं
सिमसिमे पानीका बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानै देखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजे देखि भक्तजनको भीड लागेपछि ३ः१५ बजे देखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए। पशुपति दर्शनका लागि तीन तिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जय बागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीन तर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ । यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
रासस

प्रकाशित: १ फागुन २०७४ ०९:१२ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी