अयोध्या विवादमा ऐतिहासिक फैसला : विवादित जग्गा हिन्दू पक्षलाई

अयोध्या विवादमा ऐतिहासिक फैसला : विवादित जग्गा हिन्दू पक्षलाई


भारतको सर्वोच्च अदालतले राम जन्मभूमि अयोध्याको विवादित जग्गासम्बन्धी मुद्दामा फैसला सुनाएको छ । अदालतले बाबरी मस्जिदको गुम्बद भएको जग्गा हिन्दू पक्षलाई दिने फैसला गरेको छ । निर्मोही अखडाको दाबी खारेज गरेको छ भने मुस्लिम पक्षका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउनुपर्ने फैसला पनि अदालतले सुनाएको छ ।

विवादित जग्गा राम मन्दिरको कि बाबरी मस्जिदको भन्ने विवाद थियो । यस विषयमा जस्टिस रंजन गोगोईको अध्यक्षतायुक्त बेन्चले ४० दिनसम्म सुनुवाइ गरेको थियो  र  शनिबार न्यायाधीश रञ्जन गोगोइ नेतृत्वको पाँच सदस्यीय बेञ्चबाट अयोध्याको भूमि राम मन्दिरकै रहने फैसला सर्वसम्मतीले सुनाएको हो ।

जस्टिस रंजन गोगोईले शुक्रवार उत्तर प्रदेशका शीर्ष अधिकारीहरूलाई बोलाएर फैसलाका दिन कानुन -व्यवस्था कायम राख्न निर्देश दिएका थिए ।

सर्वोच्च अदालतले केन्द्र सरकारलाई तीन महिनाभित्र अयोध्याबारे एक कार्ययोजना बनाउन निर्देशन दिएको छ । ट्रष्ट मार्फत् मन्दिर बनाउन अदालतले भनेको छ । भारतीय सर्वोच्च अदालतको यो फैसलालाई ऐतिहासिक मानिएको छ ।

हिन्दु र मुस्लिम समुदायले अयोध्याको विवादित जग्गामा आ-आफ्नो दाबी गर्दै आएका थिए । शनिबार सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउनु अघिदेखि नै उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली र राजस्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँका स्कुल कलेजहरू तीन दिनसम्म बन्द गरिएको छ । साथै सीमा नाकासमेत २४ घण्टाका लागि बन्द गरिएको छ । अलीगढमा इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

Skip This
Logo