1
1
1

0 Shares

प्रचण्डले जनयुद्धलाई नै धोका दिए : वैद्य

1
1

काठमाडौँ
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध माथि धोका दिएको आरोप लगाएका छन् । हिजो २३ औं ‘जनयुद्ध दिवस’ का अवसरमा वैद्यले यस्तो आरोप लगाएका हुन् ।

‘१० वर्ष सम्म सञ्चालित जनयुद्ध राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदा गर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो,’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तर पार्टीको मूल नेतृत्वबाटै गम्भीर धोका दिइनुको कारण त्यसप्रकारको जनयुद्धले गम्भीर धक्का खान पुग्यो ।’ नेपालमा जनयुद्ध नयाँ जनवादी राज्य सत्ता स्थापना सहित साम्यवादमा जाने उद्देश्यमा आधारित भए पनि मूल नेतृत्वले धोका दिँदा उपलब्धि समेत गुम्दै गएको उनले बताएका छन् ।

माओवादी केन्द्र र त्यसका अध्यक्ष दाहालको नाम नै नलिई उनले जनयुद्धको मूल नेतृत्वकै कारण १० वर्षको जनयुद्धबीचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाइएको आरोप पनि उनले लगाएका छन् । वैद्यले वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको समेत आरोप लगाएका छन् ।
राजधानीबाट

 

प्रकाशित: २ फागुन २०७४ ०६:४४ बुधबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी