एकै दिन सात सयले बढ्यो सुन, कति छ आज ?

एकै दिन सात सयले बढ्यो सुन, कति छ आज ?


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज बढेको हो । सुन आज ७ सयले बढेको हो ।

गत हप्ता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । बुधबार ९ सयले घटेको थियो । यस्तै विहिबार १ सयले बढेको सुन शुक्रबार पनि १ सयले नै बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९ सय र तेजाबी सुनको मूल्य ९४ हजार ४०० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज चाँदी १ हजार ३१५ रुपैंयाँमा कारोबार भइरहेको छ।

 

Skip This
Logo