२ दर्जनभन्दा बढी कलेज खारेज गर्ने सरकारको तयारी

२ दर्जनभन्दा बढी कलेज खारेज गर्ने सरकारको तयारी


सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरूलाई खारेज गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले संचालन नभएका विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी  कलेजहरू  खारेज गर्ने तयारी गरिएको जानकारी दिएका हुन् । दर्तासमेत नभएका, राजस्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरू सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले संचालन नभएका ती कलेजहरूलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताए ।

सरकारको नीति, नियम र निर्देशिका विपरीत चलेपछि ती कलेजहरू खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

Skip This
Logo