दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते


दार्चुलाको लटिनाथ मन्दिरमा लागेको जयपुरमा मेला हेरेर फर्किरहेकाहरू सवार जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।से१ज ११३१ नम्बरको जीप शैल्यशिखर नगरपालिका-६, चौतलीचौरमा बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहुनेहरूमा मालिकार्जुन गाउँपालिका-२ भगवतीकी २० वर्षीया कलसी धामी र वडा नम्बर ३ बसेडीकी ३० वर्षीया कमला देवी धामी, हरिश सिंह धामी, १९ वर्षीय नरेश सिंह धामी, १८ वर्षीय रमेश सिंह धामी, २६ वर्षीया तुलसी धामी, २० वर्षीय खेम सिंह धामी, १८ वर्षीय पुष्कर सिंह धामी, ३० वर्षीय दान सिंह धामी, २० वर्षीय लोकेश सिंह धामी र मालिकार्जुन गाउँपालिका-३ का १७ वर्षीया मिना धामी तथा ४६ वर्षीय पदम सिंह धामी घाइते भएका छन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Logo