गुल्मीमा पनि १७ जुवाडे पक्राउ

गुल्मीमा पनि १७ जुवाडे पक्राउ


गुल्मीमा पनि १७ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–७ का कृष्णबहादुर खनाल, सुजन अधिकारी, लीलासिंह अधिकारी, अर्जुन बस्नेत, हिमाल अधिकारी, यमबहादुर कार्की, सुमन टण्डन, हरि खत्री, पूर्णबहादुर खड्का, भोजेन्द्र बस्नेत, विनोद टण्डन, विमल बस्नेत, नारायण टण्डन, विक्रम बस्नेत, नारायण टण्डन, रेसुंगा नगरपालिका–१२ का सन्तोष टण्डन, अनिल बस्नेत लगायत छन् ।

गुल्मी दरबार गाउँपालिका–७ को गलामस्थित लीलासिंह अधिकारीको घरबाट उनीहरू पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीले  आइतवार राति जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ लाख ८२ हजार रुपैयाँ बरामद गरेको छ ।

Logo