मिडिया हब र ‘सक्किगोनी’ टिमबीच सहमति

मिडिया हब र ‘सक्किगोनी’ टिमबीच सहमति


मिडिया हब प्रालि र हास्य टेलिसिरियल ‘सक्किगोनि’ टिमबीच सहमति जुटेको छ।

विवादको बिषयमा दुवै पक्ष बसी आपसी समजदारीमा सहमति गरिएको कलाकार अर्जुन घिमिरे ‘पांडे’ ले जानकारी दिए। कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए । उनले अब हास्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’ नियमित रुपमा प्रशारण हुने पनि जानकारी दिए।

मिडिया हबले हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी हालेपछि विवाद निम्तिएको थियो । भद्रगोलबाट छाडेपछि जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ सिरियल निर्माण गर्दै आएका छन् ।

Logo