Kendrabindu Top 5: भिटेन पक्राउदेखि सार्वजनिक बिदासम्म (भिडियो)

Kendrabindu Top 5: भिटेन पक्राउदेखि सार्वजनिक बिदासम्म (भिडियो)


केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएका छौं । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आफ्नो गीतमा अश्लिलता तथा अपशब्द प्रयोग गरेको आरोपमा चर्चित र्‍यापर समिर तामाङ भिटेन पक्राउ परेका छन् । आफ्नो गीतमा प्रहरीलाई डण्ठे भन्दै अपशब्द प्रयोग गरेका भिटेन गीत सार्वजनिक भएको चार महिनापछि पक्राउ परेका हुन् ।

त्यस्तै सरकारले नेवार समूदायको माग सम्बोधन गरेको विषय पनि आजदिनभर चर्चामा रह्यो । तिहारमा एक दिन थप बिदाको माग गर्दै नेवार समूदायका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि सरकारले माग सम्बोधन गर्र्दै असोज १३ गतेलाई थप विदा दिने निर्णय गरेको हो । थप समाचार हेरौं तलको भिडियोमाः

Logo