३ भदौ २०७९ शुक्रबार
1
1
1
1

0 Shares

निर्माण गर्दा गर्दै यसरी भाँचियो तातोपानी नाका जोड्ने बेलिब्रिज

1
1
1
1
1

सिन्धुपाल्चोक
गोरखा भूकम्प पछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चा स्थित भोटेकोशी नदी माथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए । तीन चार दिनमै निर्माण सकेर नाका सञ्चालनको प्रयास भइरहेका बेला बेलिब्रिज भाँचएिको हो । बेलिब्रिज बनेपछि तातोपानी नाका खुलाउने प्रयास भएको भए पनि पुल भाँचिएपछि तातोपानी नाका सञ्चालनमा फेरि ढिलाई हुने भएको छ ।

भदौ देखि सुरु गरिएको ५० मिटर लामो बेलिब्रिज केही दिनमै निर्माण सम्पन्न हुने चरणमा थियो । निर्माणका क्रममा कमजोर फाउण्डेसन बनाएकाले पुल भाँचिएको स्थानीयको आरोप छ । बन्धन भगवती निर्माण कम्पनीले ठेक्का पाएर पुल निर्माण गरिरहेको थियो । बेलिब्रिज जोड्ने क्रममा भार असन्तुलित भएका कारण केही भासिएको सडक डिभिजन कार्यालयलाई उधृत गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
अन्नपूर्णबाट

प्रकाशित: ९ फागुन २०७४ ०६:३७ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी