सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा

सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको अभियोगमा मुद्दा


रौतहट,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको १२ लाख ५६ हजार २७५ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ । आयोगले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले प्रदेश नं २ को मुख्यमन्त्रीको कार्यालय जनकपुरमा कार्यरत सहायक पाँचौँ मनोजकुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार झा साविक हथियाथी गाविसको सचिव रहँदा चालू ताथ पूँजीगत खर्च आफूखुशी गरी सरकारी स्रोतको दुरुपयोग गरेको आरोप लागेको छ । आयोगले झाविरुद्ध तीन लाख ५९ हजार १३८ बराबरको सरकारी कोष दुरुपयोग गरेको आरोप लगाएको छ ।

Logo