एनआईसी एसिया र वर्ल्डलिंकबीच सहकार्य

एनआईसी एसिया र वर्ल्डलिंकबीच सहकार्य


काठमाडौं,

एनआईसी एसिया बैंक र वर्ल्डलिंक कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता बमोजिम एनआईसी एसिया बैंकका ग्राहकहरूले गएको बिहीबारदेखि कात्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्डलिंकको इन्टरनेट बिल, मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नु हुनेछ ।

साथै वर्ल्डलिंकका ग्राहकहरूले कुनैपनि बैंकको मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ल्डलिंकका कुनै पनि आउटलेट तथा शाखाहरूबाट इन्टरनेटको बिल सहज रूपमा भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वर्ल्डलिंकको तर्फबाट प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

Logo