अन्य

एमाले–माओवादी एकता घोषणा चैतमा हुने

काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच आगामी चैतमा पार्टी एकता घोषणा हुने भएको छ । दुई दलले फागुन सम्ममा प्रतिवेदन, विधान लगायतका विषय टुंग्याउँदै चैतमा पार्टी एकता घोषणाको तयारी गरेका हुन् । दुई दलले पार्टी एकताको विषयमा प्रतिवेदन तयार गर्न गठित प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलको संयोजक तोक्दै यथाशक्य पार्टी एकता सम्पन्न गर्ने लक्ष्यका साथ १५ दिनको समयसीमा समेत तोकेका छन् ।

१५ दिनमा कार्यदलले प्रतिवेदन पेस गरेपछि आवश्यक गृहकार्य गरेर चैत सम्ममा पार्टी एकता गर्ने दुई दलको तयारी छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले फागुनमा कार्यदलको प्रतिवेदन तथा आवश्यक अन्य गृहकार्य सम्पन्न हुने र चैतमा पार्टी एकता घोषणा गर्ने तयारी भएको बताए । दुई दलले बिहीबार प्रतिवेदन कार्यदलको संयोजकमा एमाले वरिष्ठ नेता माधव नेपाल र विधान मस्यौदा कार्यदलको संयोजकमा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा तोकेका छन् ।
राजधानीबाट

प्रकाशित: ११ फाल्गुन २०७४ ०८:५२ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी