बालबालिकाको अश्लील भिडियो हाल्ने ३ सय बढी पक्राउ

बालबालिकाको अश्लील भिडियो हाल्ने ३ सय बढी पक्राउ


एजेन्सी । बालबालिकाको अश्लील भिडियो हाल्ने वेभसाइट बन्द भएको एक वर्ष बढी भयो । बालबालिकाको अश्लील भिडियो हाल्ने संसारकै सबैभन्दा ठूलो वेलकम टु भिडियो नामको वेभसाइट बन्द भएको एक वर्ष पुरा भए पनि त्यसका प्रयोगकर्ता भने अझै पक्राउ परिरहेका छन् । ३८ देशका तीन सय ३७ जना सन्दिग्ध प्रयोगकर्ता पक्राउ परेका हुन् ।

उक्त साइटमा २००० हजार भन्दा बढी भिडियोहरु अपलोड भएका थिए । जसलाई लाखौं पटक डाउनलोड भइसकेका थिए । गत वर्ष बेलायतको अन्वेषकहरुको सहकार्यमा यो वेभसाइट बन्द भएता पनि यसको प्रयोगकर्ताहरुलाई भने पक्राउ गर्न सकिएको थिएन् ।

बेलायतको राष्ट्रिय अपराध एजेन्सका अनुसार वेलायत, आइरल्याण्ड, अमेरिका, दक्षिण कोरिया, जर्मन, स्पेन, साउदी अरेबिया, यूएई लगायत ३८ देशबाट साइट प्रयोगकर्ता पक्राउ परेका हुन् ।

यो साइटका मालिक साउथ कोरियाका २३ वर्षीय जोङ्ग वो सन हुन जो पछिल्लो १८ महिनादेखि साउथ कोरियाको जेलमा बाल यौन अपराधको आरोपमा कैद जीवन विताइरहेका छन् ।

अभियोजकहरुका अनुसार यो साइटमा विशेषगरी यौन कार्यको भिडियो अपलोड गरिन्थ्यो । उक्त साइटले बिटकोइन क्रिप्टोकरेन्सी प्रयोग गरेर आफुसँग भएको भिडियोहरु बिक्री गथ्र्यो ।

साइटलाई इन्टरनेशनल टास्क फोर्सले बन्द गरेको थियो जसमा बेलायत, अमेरिक, दक्षिण कोरिया र जर्मनका एजेन्सीहरुको सहकार्य थियो ।

साइटको क्रिप्टोकरेन्सी ट्रान्जेक्सन ट्रेस गरिसकेपछि अभियुक्तहरुलाई पक्राउ गर्न सम्भव भएको थियो । करिब २३ जना पीडित बालबालिकाहरुलाई साइटले सक्रिय रुपमा दुरुपयोग गरेको थियो ।

भिडियोहरुमा देखिएको अन्य बालबालिकालाई ट्रेस गर्ने कार्य जारी रहेको वेलायतका राष्ट्रिय अपराध एजेन्सी अनुसन्धानको नेतृत्व गरिरेहका निक्की होल्यान्डको भनाई छ । यस्ता अनैतिक र अपराधिक काम गर्नेहरुलाई जसरी भए पनि पक्राउ गरी कारवाही गरिने उनको दाबी छ ।

Logo