सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्दैछौं- राज्यमन्त्री यादव

सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्दैछौं- राज्यमन्त्री यादव


सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले राष्ट्रिय ट्रमा सेन्टरको मातहतमा रहने गरी सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरिएको बताएका हुन् । मुलुक संघीयतामा गईसकेकाले सोही अनुसारको स्वास्थ्य संस्थाहरुको स्थापना गर्न सरकार लागि परेको राज्यमन्त्री यादवको भनाई छ । विश्व ट्रमा दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सबै प्रदेशमा स्वास्थ्य प्रयोगशालाहरुको स्थापनाको कामलाई सुरु गरेको पनि बताए ।

राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट तथा जनशक्ति दुवैको अभाव रहेको पनि दोेहो¥याए । उनले आवश्यक नीति नभएका कारण कतिपय स्वास्थ्य संस्थाहरु चाहेर पनि बनाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे । त्यस अवसरमा राज्यमन्त्री यादवले वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टरलाई विश्व स्तरको सेवा, सुविधायुक्त बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

Logo