दुई महिनापछि कश्मीरमा पोस्टपेड मोबाइल सुचारु

दुई महिनापछि कश्मीरमा पोस्टपेड मोबाइल सुचारु


श्रीनगर,

दुई महिनाभन्दा अघिदेखि अवरुद्ध रहेको कश्मीरको मोबाइल फोन सेवा आंशिक रुपमा सञ्चालनमा आएका छन् । गत अगस्टमा कश्मीरको विशेष अधिकार खारेज गर्ने निर्णय गरेसँगै भारत सरकारले त्यहाँ टेलिफोन लगायत सेवा रोकेको थियो ।

हालै आंशिक रुपमा मोबाइल फोन सुचारु गराएको हो । पोस्टपेड मोबाइल फोन मात्रै सञ्चालनमा आएको बताइएको छ । प्रिपेड मोबाइल र इन्टरनेट सेवा सञ्चालनमा आएका छैनन् । बिबिसीले जनाए अनुसार कश्मीरमा ४० लाख मोबाइल फोन पुनः सञ्चालनमा आएका छन् ।
एजेन्सी

Logo