दाङको आयुर्वेद चिकित्सालयमा आगलागी

दाङको आयुर्वेद चिकित्सालयमा आगलागी


दाङ,

दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा शनिबार आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुरले जानकारी दिनुभयो ।

आगलागीबाट यहाँ रहेका टेबुल, दराज लगायत सामग्री जलेर नष्ट भएको छ । “अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ”, उहाँले भन्नुभयो, “सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।” आगलागीबाट झण्डै एक लाख बराबरको क्षति भएको डा ठाकुरले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।

Logo