सिन्धुपाल्चोक बस दुर्घटनामा १४ को मृत्यु (भिडियो सहित)

सिन्धुपाल्चोक बस दुर्घटनामा १४ को मृत्यु (भिडियो सहित)


सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका तिर्खुमोडमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट खसेर दुर्घटना भएको हो ।

घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको लागि अस्पताल लैजाने क्रममा सिपाघाटमा ३ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार ७० यात्रुमा सख्त घाइते ४० जनाभन्दा बढीलाई हेलिकप्टरबाट उद्धार गरि काठमाडौं पठाइएको छ ।

मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य छन् । बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करिब १० बजे ब्रेक फेल भएर बस सडकबाट २०० मिटर तल खसेको थियो ।

हेर्नुहोस भिडियो 

Logo