यी हुन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका ६ निर्णय


गत साता बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु आज (बिहिबार) सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आज पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।

निर्णयहरू 

१ . विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने रू . २ अर्व ७७ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

२ . विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि मन्त्रालयका सहसचिव श्री रामचन्द्र ढकाललाई काम गर्ने गरी तोक्ने निर्णय गरिएको छ ।

३ . आर्थिक वर्ष ०७६ / ७७ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका सात वटा आयोजनका लागि ६० राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृति गरिएको छ ।

४ . सहायक रथीद्वय अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबहादुर थापासमेत ५ जना महासेनानीहरूलाई सहायक रथी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

५ . नख्खुखोला – भैसेपाटी – बुङमति सडक स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

६ . नेपाल – भारत विद्युत व्यापार सम्झौता अन्र्तगतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठकमा उर्जा जलस्रोत मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको छ ।

Logo