टि-२० सिरिजमा नेपालको सहज जित, हङकङ ४ विकेटले पराजित

टि-२० सिरिजमा नेपालको सहज जित, हङकङ ४ विकेटले पराजित


काठमाडौं । ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि–ट्वान्टी सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेटको भेटाएको हो ।

मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरेपछि नेपालको जित सहज बनेको हो । भण्डारीले चार चौका र तीन छक्काको मदतमा ४८ बलमा नटआउट ५४ रन जोडेका थिए । आरिफ शेखले २४ र सोमपाल कामीले १३ रन जोडे ।

नेपालका लागि ओपनिङ गर्न आएका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका थिए भने पवन सर्राफ १०, दिपेन्द्रसिंह ऐरी ६ र रोहितकुमार पौडेल ५ रनमा आउट भए । बलिङतर्फ हङकङका लागि काइल क्रिस्टी र नसरुल्लाह रानाले २–२ विकेट लिए ।

यस्तै बलिङतर्फ नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले एकै ओभरमा हङकङका सुरुवाती तीन विकेट लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट लिए । यस्तै अविनास बोहराले १ विकेट लिएका थिए । नेपालले अर्को खेल भोलि नेदरल्याण्डसँग खेल्नेछ ।

ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् । सुरुवाती दुई खेलमा दुवैमा जित निकाल्दै ओमान अंक तालिकाको शीर्ष स्थानमा छ ।

Skip This
Logo