३ भदौ २०७९ शुक्रबार
1
1
1
1

0 Shares

कुमार सुचिकारको हत्यामा संलग्न दश जना पक्राउ

1
1
1
1
1

काठमाडौँ
महानगरीय प्रहरी वृत्त बालाजुले कुमार सुचिकारको हत्यामा संलग्न १० जनालाई पक्राउ गरेको छ । वृत्तले नुवाकोट घर भई कामपा–१६ बस्ने सुचिकारको हत्यामा संलग्न तारकेश्वरका सुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन, विक्की पुतुवार, रोजीना मगर, नुवाकोट घर भई शेषमती बस्ने आइतसिंह तामाङ र सोलुखुम्बु घर भई शेषमती बस्ने राजन मगर र दोलखा घर भई नयाँ बसपार्क बस्ने पेमा गेल्जे शेर्पालाई पक्राउ गरेको हो ।

वृत्तले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकाले पुरानो गुह्वेश्वरी एजी फेसबुक समूह सञ्चालन गरेको र उक्त समूहमा कुमार जोडिएर उनीहरुलाई उक्त समूहबाट हटाई नयाँ साथी जोडेपछि पक्राउ समूहले रिसको झोकमा कुमारलाई हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा वृत्तका प्रमुख विश्वराज खड्काले सामाजिक सञ्जाल मार्फत कुरा नमिल्दा माघ २६ गते साँझ ७ बजे फुलबारी गेटमा ढुङ्गा र फलामको रडले हानेर घाइते बनाई फालेको र उपचारका क्रममा माघ २९ गते ट्रमा सेन्टरमा कुमारको निधन भएको बताए । उनले घाइते व्यक्तिको उपचारका क्रममा पहिचान खुल्न नसकेकाले हत्यारा पक्राउ गर्न केही ढिला भएको जानकारी दिए । पक्राउ परेका १० मध्ये आठ जनालाई अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
रासस

प्रकाशित: २२ फागुन २०७४ २२:१६ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी