सुत्नुअघि पैतालामा मालिस गर्नुका यस्ता छन् फाइदा !

सुत्नुअघि पैतालामा मालिस गर्नुका यस्ता छन् फाइदा !


हाम्रो समाजमा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन छ । टाउको दुखे तेल, पेट दुखे तेल, गोडा दुखे तेल, शरीरको हरेक दुखाइमा तेल लगाउने नेपाली चलन छ र यो प्रभावकारी पनि छ । तर हिजोआज तेल लगाउन त्यति रुचाउँदैनन् मानिसहरू । मालिस भन्नेबित्तिकै तेल लगाउनु हो भनेर बुझ्ने पुरानो पुस्ता अहिले कम छन्, अहिलेकाहरू मालिस भन्नासाथ मसाज र स्पा सेन्टर सम्झन थाल्छन् । जब कि हाम्रो शरीरका लागि परम्परागत तरिकाले तेल लगाउनु निकै फाइदाजनक हुन्छ । खास गरी राति सुत्नुअघि पैतालामा मालिस गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा प्राप्त हुन्छन् ।

पैतालामा मालिस गर्नाले हट्छन् यी ५ समस्या

पैतालाको समस्या हट्छ

भनिन्छ, मालिस शरीरका लागि फाइदाजनक छ । तर धेरैलाई थाहा नहुन सक्छ, पैतालामा सही तरिकाले गरिने मालिसले शरीर स्वस्थ राख्न मद्दत गर्छ । खासमा पैतालामा नरिवलको तेलले मालिस गर्नाले नसामा फाइदा मिल्छ । यसबाट गोडासम्बन्धी धेरै समस्या हट्छन् । पैताला र गोडा दुखिरहने समस्या छ भने नरिवलको तेल तताएर नियमित मालिस गर्दा समस्याबाट छुटकारा पाउन सकिन्छ ।

रक्तसञ्चारमा सुधार हुन्छ

हाम्रो शरीरमा बगिरहने रगतले शरीरका कोशिकाहरूमा अक्सिजन एवं पोषण पुर्याउने  काम गर्छ । यति मात्र नभई शरीरका विकार एवं विषाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गर्छ । जब कुनै व्यक्ति तनावमा हुन्छ, उसको रक्त प्रवाह सीमित हुन्छ, यस्तो स्थितिमा पैतालाको मालिस निकै फाइदाजनक हुनसक्छ किनभने मालिस गरेपछि रक्त प्रवाह बाधाविना जारी रहन्छ । रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुभन्दा १० मिनेटअघि पैतालामा मालिस गर्नुपर्छ । यसो गर्नाले मुड स्विङ एवं तनावको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

जोर्नीको दुखाइमा राहत

सामान्यतया हातगोडा वा शरीरको दुखाइ भएको अवस्थामा तेल मासिसको सहारा लिइन्छ, जुन फाइदाजनक पनि हुन्छ । जोर्नी दुखाइबाट पीडित भएकाहरूले राति सुत्नुअघि पैतालामा तेल लगाएर मालिस गर्दा आराम मिल्छ । नियमित रूपमा यसो गर्दा जोर्नीको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

टाउको दुखाइमा आराम

भनिन्छ, हाम्रो पैतालाको नसा सीधा रूपमा मस्तिष्कसँग जोडिएको हुन्छ । यसकारण पैतालामा तेल लगाएर मालिस गर्दा टाउको दुख्न कम हुन्छ । खासमा राति सुत्नुभन्दा १५ मिनेटअघि तेल लगाएर पैताला मालिस गर्दा दिमाग शान्त हुन्छ । भोलिपल्ट बिहान उठ्दा तरोताजा भएर उठ्न र राम्रो तरिकाले काम गर्न सकिन्छ ।

शरीरबाट गैरजरुरी एसिड बाहिर निस्कन्छ

खासमा के हुन्छ भने नियमित २० मिनेट पैतालामा मालिस गरियो भने मांशपेशीमा विद्यमान ल्याक्टिक एसिड बिस्तारै नाश हुन थाल्छ । केही गरी यस्तो एसिड हाम्रो पैताला तथा मांशपेशीमा रहिरह्यो भने त्यसले अन्य थुप्रै समस्यालाई निम्त्याउँछ ।

Logo