पानीमुनिबाट प्रेमीलाई विवाह प्रस्ताव, प्रेमिकाले जवाफ दिन नपाउँदै मृत्यु

पानीमुनिबाट प्रेमीलाई विवाह प्रस्ताव, प्रेमिकाले जवाफ दिन नपाउँदै मृत्यु


एजेन्सी । पानीमुनि पुगेर प्रेमीलाई विवाह प्रस्ताव गरेका एक प्रेमीको ज्यान गएको छ । विवाह प्रस्ताव राख्न अफ्रिकी मुलुक तान्जानिया पुगेका अमेरिकी नागरिक स्टेभन वेभरको प्रेमिकाले विवाह प्रस्तावबारे जवाफ दिन नपाउँदै ज्यान गएको हो ।

प्रेमिका केनेशा आन्टवानलाई लिएर तान्जानियाको पेम्बा टापु नजिकै रहेको मान्टा रिसोर्टको पानीमुनि रहेको कोठामा बसेका थिए । उनीहरूले ३२ फिटमुनि रहेको कोठामा ४ दिनका लागि बुकिङ गरेका थिए ।

वेभर कोठाबाट बाहिर निस्किएर पानीमा पौडिएर प्रेमिका केनेशालाई विवाह प्रस्ताव राख्न चाहन्थे । पानीमुनिबाट विवाह प्रस्तावको केनेशाले कोठाभित्र बसेर भिडियोमा कैद गरिरहेकी थिइन् ।

वेबरले प्रस्ताव राख्ने क्रममा कोठाको सिसामा एक पत्र टाँसे। ‘म सबै कुरा बताउन सास रोक्न सक्दिनँ, तर म तिमीलाई माया गर्छु र म तिमीलाई हरेक दिन अझ बढी माया गर्छु,’ उनको पत्रमा लेखिएको थियो।

त्यसपछि उनले खल्तीबाट औंठी निकालेर विवाहको प्रस्ताव राखे। वेभर कुनै सुरक्षाबिना नै प्रस्ताव राख्न पानीमुनि छिरेका थिए। ‘जवाफ दिन पाइनँ तर उनको विवाहको प्रस्ताव म स्वीकार गर्थें,’ आन्टवानले फेसबुकमा लेखेकी छन्, ‘त्यो गहिराइबाट कहिल्यै फर्केनन्।’ उनले राखेको विवाह प्रस्ताव स्वीकार गर्न नपाउने ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

 

Logo