पाँचखालमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडे

पाँचखालमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडे


काठमाडौं,

मौसम खराबीका कारण काभ्रेको पाँचखालमा अवतरण गरिएका चार हेलिकप्टर आठ घण्टापछि काठमाडौँका लागि उडेका छन् । पाँचखाल नगरपालिका–२ जोरपाटी र हर्सेमा मंगलबार आकस्मिक रुपमा अवतरण गरिएका हेलिकप्टर आठ घण्टापछि उडेका हुन् ।

लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकप्टर हर्से र जोरपाटीमा बिहान ८ बजे आकस्मिक रुपमा अवतरण गराइएको थियो । सिम्रिक एयरका दुई तथा मनाङ एयर र कैलाश एयरको एक÷एक वटा हेलिकप्टरलाई आकस्मिक अवतरण गराइएको हो । सिम्रिक एयरको एउटा हेलिकप्टर यहाँबाट केही घण्टामै काठमाडौँका लागि उडे पनि मौसममा सुधार नआएपछि पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आकस्मिक अवतरण गरिएको थियो ।

यस्तै मौसम खराबीकै कारण पाँचखालको ढुङ्गानाबेँसीमा अवतरण गरिएको हेलिकप्टर साँझ काठमाडौँका लागि उडेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
रासस

Logo