चिनिया विदेशमन्त्रीको भ्रमणबारे भ्रम नफैलाऔं- जितेन्द्र नारायण देव

चिनिया विदेशमन्त्रीको भ्रमणबारे भ्रम नफैलाऔं- जितेन्द्र नारायण देव


नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले जनतामा अनावश्यक भ्रम छर्ने काम नगर्न सरकारलाई सचेत गराएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले चिनिया विदेशमन्त्रीले गरेको तीन दिने नेपाल भ्रमण र प्राप्त उपलब्धिबारे सरकारले अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरेको टिप्पणी गरे । भ्रमणका बारेमा विभिन्न क्षेत्र र निकायले आ-आफ्ना दृष्टिकोण सार्वजनिक गरिसकेको स्मरण गराउदै उनले केही सामान्य विषय बाहेक ठूला ठूला आयोजनाका बारेमा खास उपलब्धि हासिल हुने दाबी गरे । उनले उच्चस्तरको भ्रमणको तयारी पनि सरकारले गर्न नसकेको आरोप लगाए ।

उच्चस्तरीय भ्रमणका क्रममा हुने वार्ताहरुमा आफ्ना योजनाहरुबारे नेपाल ठोस, स्पष्ट एवंम योजनावद्ध ढंगले प्रस्तुत गर्न नसकेको दाबी उनले गरे । भ्रमणको क्रममा केरुङ्ग –काठमाण्डौ रेलवे संभाव्यता अध्ययन गर्नका लागि नेपालबाट भएको प्रस्ताव, बिआर आई प्राजेक्टर र मदनभण्डारी विश्वविद्यालयको बारेमा चिनिया तर्फबाट कुनै प्रतिवद्धता नआएको तर अनावश्यक रुपमा जनतामा भ्रम छर्ने काम गरिएको भन्दै उनले गम्भीर असन्तुष्ठी जनाए ।

उनले नेपाली जनतालाई अनावश्यक रुपमा भ्रम फैलाउने गरि मिडियाबाजी गर्ने काम नगर्न पनि सचेत गराए । उहाँले भन्नुभयो “हामीले कहीँ नेपाली जनतालाई अनावश्यक किसिमले आईहाल्यो ठुल्ठुलो, एकदम त्यो चुच्चो चिनिया चि को फोटो लगाएर जसरी मिडियाबाजी गरिराख्या छौ । अनावश्यक रुपमा जनतालाई अब आयो, तब आयो, भोली आयो, पर्सिनै आईहाल्यो रेल उत्तरतिरबाट भनेर जसरी भन्न खोजीरहेका छौ । त्यसरी गर्दिन भएन । जे हो अवस्था वास्तविक अवस्था आईदिनुपर्यो ।”

Logo