युनिलिभरको लाभांश बढ्यो

युनिलिभरको लाभांश बढ्यो


युनिलिभर नेपाल लिमिटेडले गत वर्षभन्दा बढी लाभांश दिने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले १ कित्ता सेयर बराबर ७७० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ७०० रुपैयाँ मात्र नगद दिएको थियो ।
युनिलिभरको सेयर भाउ अहिले प्रतिकित्ता १९ हजार ५०० रुपैयाँ हाराहारीमा छ । कम्पनीले असार मसान्तसम्ममा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५० रुपैयाँ र नेटवर्थ २ हजार ५२६ रुपैयाँ छ ।
युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो ।

Logo