प्रधानमन्त्री मन्त्रीहरुबिच आज पनि ‘टेलिप्रिजेन्स’

प्रधानमन्त्री मन्त्रीहरुबिच आज पनि ‘टेलिप्रिजेन्स’


प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच आज पनि ‘टेलिप्रिजेन्स’मार्फत छलफल भएका छन् ।

दिउँसो १: १० बजे शुरु भएको छलफलमा सरकारका कामबारे कुराकानी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । यस अघि ओलीले भदौ ८ गते भिडियो कन्फ्रेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेका थिए ।

ट्वीटरमा रिमालले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत आज दोस्रो चोटी आफ्नो क्याबिनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गर्नुभयो।’

छलफलमा ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरूले आफ्नो कामकाबारे अपडेट गराउने जनाएको छ ।

Logo