नेपाल प्रहरीका ३५ एसएसपीहरुको सरुवा {सूचीसहित}

नेपाल प्रहरीका ३५ एसएसपीहरुको सरुवा {सूचीसहित}


काठमाडौं । गृह मन्त्रालयले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ । गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३८ एसएसपीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सरुवाको जानकारी दिएको हो ।

उनीहरूले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै खान पाउनेछन् । सरुवा सूचीअनुसार महानगरीय ट्राफिक महाशाखामा भिमप्रसाद ढकालको सरुवा भएको छ भने ललितपुरमा टेकप्रसाद राईलाई ल्याइएको छ ।

त्यस्तै ललितपुरको प्रहरी प्रमुखको रुपमा कार्यरत रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि काज सरुवा भएका उत्तमराज सुवेदीको सोही स्थानमा दरबन्दी कायम भएको छ ।

तालिम केन्द्र अन्तर्गत बुटवल तालिम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरिराज वाग्लेको सरुवा भएको छ । त्यसैगरी प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/SSP_SARUWA_2076_05_14.pdf&

Logo