जीप दुर्घटना हुँदा अछाममा २ जनाको मृत्यु, ५ घाइते

जीप दुर्घटना हुँदा अछाममा २ जनाको मृत्यु, ५ घाइते


अछाम,

अछाम जिल्लाको मेल्लेख गाउँपालिकाको वडा नम्वर ७ नन्देगडामा शुक्रबार जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साँफेवगरबाट मेल्लेख गाउँपालिकाको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको गाउँपालिकाले जनाएको छ। मृत्यु हुनेमा मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेको मेल्लेख गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष नरवहादुर साउदले जानकारी दिए।

साँफेवगरबाट मेल्लेख जादै गरेको से १ ज ९८६ नम्वरको जीप दुर्घटना भएको हो । दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ।

Logo