चिनियाँ श्रीमानको मृत्युपछि रिनाको नेपाली युवती तस्करी गर्ने धन्दा

चिनियाँ श्रीमानको मृत्युपछि रिनाको नेपाली युवती तस्करी गर्ने धन्दा


काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुकी बिबिरानी तामाङले केही वर्षअघि चिनियाँ नागरिकसँग विवाह गरिन् । रिना नामले समेत चिचिने बिबिरानीले दलालमार्फत नै काठमाडौंमा विवाह गरेकी थिइन् । उनले कुनै चिनेर वा आफन्तबाट विवाह गरेकी थिइनन् । दलालले चिनाएका चिनियाँ नागरिकसँग विवाह गरेकी थिइन् । उनको विवाहको सबै व्यवस्था तिनै दलालले मिलाए ।

दलाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गराइदिए । त्यसपछि उनी श्रीमानसँगै चीन गइन् । चीन गएको केही समयपछि उनले छोरा जन्माइन् । छोरा जन्मिएको केही समयमा श्रीमानको मृत्यु भयो । उनको छोरा अहिले ६ वर्षको भएको छ । श्रीमानको मृत्युपछि उनी केही समय विक्षिप्त बनिन् । त्यसपछि उनले अर्कै धन्दा थालिन् । उनले नेपालबाट युवती चिनियाँ भित्र्याउने धन्दा थालिन् ।

चीनमा नेपाली युवती तस्करी गर्ने धन्दा थालेकी बिबिरानीको धन्दा निकै फस्टाउँदै गयो । उनको निशानामा नेपालका ग्रामिण क्षेत्रका युवती पर्न थाले ।

नेपालका दुर्गम गाउँका युवतीहरुलाई चिनियाँ नागरिकसँग घरजम गराइदिने भन्दै काठमाडौं जिल्ला अदालतबाट ‘कोर्ट म्यारिज’ गराउँदै आइन् । यताबाट कोर्ट म्यारिज गराइदिने चीनमा लगेर यौन व्यवसायमा लगाउने उनको प्रमुख काम थियो । आर्थिक विपन्नता भएका युवतीलाई चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराएर घरेलु कामदारको रूपमा राख्ने गरेकी थिइन् । उनीहरूलाई यौनदासी बनाउने काम थियो ।

एकदिन अमृता गुरुङलाई अचम्मैको प्रस्ताव आयो । विवाह गरेर चीन जाने भए चाइनिज केटा खोज्दिन्छु भन्दै तिनै रिनाले अमृतालाई प्रस्ताव गरिन् । अमृता सुरुमा त छक्क नै परिन् । उनले कसरी चाइनिज केटा खोजिदिने होला भनेर । नभन्दै अर्को दिन पनि अर्को साथीबाट अमृतालाई त्यस्तै प्रस्ताव आयो । उनको साथीले धेरै जना अन्य युवतीहरुको पनि चाइनिज केटासँग विवाह गरिदिएको र सुख पाउछेउ भन्दै उनलाई फकाइन ।

चाइनिजसँग विवाह गरेर गएपछि राम्रो कमाइ हुने, परिवारका सदस्यहरुलाई समेत चाइनिज केटाले आर्थिक सहयोग गर्ने प्रस्ताव आएपछि उनी विवाह गर्न तयार भइन् । निम्न परिवारमा जन्मिएकी अमृता त्यसपछि विवाह गर्न तयार भइन् । त्यसपछि रिनाले अमृतालाई लमजुङबाट काठमाडौं ल्याइन। ब्युटि पार्लर लगिन। नयाँ कपडा किनिदिइन। साँझ परेपछि टोखामा पार्वती गुरुङलाई भेटाइन्। पार्वतीले उनीहरुलाई छुट्टै फ्ल्याटमा लगेर राखिन्। आफु बसेको स्थानमा केही चाइनिजहरु आउँथे ।

लमजुङबाट आएको १० दिनमा नै उनको एक चाइनिज केटासँग विहे गर्ने पक्का भयो। केटाहरु उनलाई आएर बेला बखतमा भेट्न थाले।उनलाई सबै कागजात बनाउन अरुले नै सहयोग गरे। काठमाडौं जिल्ला अदालतमा गएर उनीहरुले कोर्ट म्यारिज पनि गरे।

भदौ‌ ११ गते अमृतासहित २ युवती आफ्ना श्रीमानसँग चीन जाने पक्का भयो। उनीहरु त्रिभुवन विमानस्थल पुग्ने वित्तिकै मानव बेचबिखन ब्युरोको नियन्त्रणमा रहे । त्यसपछि मात्र उनीहरूले आफुहरू त तस्करी हुन लागेको थाहा पाए । प्रहरी अमृतासँगै चार युवतीको उद्दार गरेको छ ।

रिनासहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव तस्करी गरेको अभियोगमा प्रहरीले रिनासहित १० जनालाई पक्राउ गरेको हो । मानव वेचविखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी ईश्वरबावु कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेका हुन् ।

पक्राउ पर्नेमा बिबिरानीसहित नुवाकोटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् । त्यस्तै पक्राउ पर्ने चिनियाँ नागरिकमा जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् ।

चाईनिजलाई श्रीमान बनाएर नेपाली युवतीको तस्करी

Logo