‘नाडा अटो शो’ मा ६२ लाखको बाइक (भिडियोसहित)

‘नाडा अटो शो’ मा ६२ लाखको बाइक (भिडियोसहित)


काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१९’ मा करिव ६२ लाख रुपैयाँ पर्ने बाइक राखिएको छ । एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको हो । एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ ।

बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ भने इन्धन ट्यांकी १७ लिटरको छ । भेलोसिटी प्रालिले यो बाइक नेपालमा भित्र्याएको हो । थप भिडियोमाः

Logo