सुजुकीले ल्यायो ‘पर्वोत्सव योजना’

सुजुकीले ल्यायो ‘पर्वोत्सव योजना’


नाडा अटो शो तथा दशैं  तिहारको अवसरमा सुजुकीले ‘पर्वोत्सव योजना’ सार्वजनिक गरेको छ ।

यसवर्ष सुजुकी पर्वोत्सव योजनामा २ लाख रुपैयाँसम्मको नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको एक्स्चेन्ज बोनस, इ-स्क्र्याच सिस्टममार्फत अधिकतम १ लाख रुपैयाँसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ ।

यसका साथै नाडा अवधिभर नाडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजार रुपैयाँसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ ।

नाडा अटो शोमा कम्पनीले एरटिगा, कियाज, र एस क्रस गरी तीन मोडेलका गाडी पनि विक्रीमा राखेको छ । जसको खरिद मूल्य क्रमशः ३८ लाख ९९ हजार रुपैयाँ, ३८ लाख २९ हजार रुपैयाँ तथा ४२ लाख ९९ हजार रुपैयाँ छ ।

यो योजना नाडा अटो शोदेखि दशैं तिहारसम्म लागू हुने कम्पनीले जनाएको छ ।

Logo