झमकको जीवनीमा आधारित चलचित्र जीवन काँडा कि फूल ट्रेलरमा

झमकको जीवनीमा आधारित चलचित्र जीवन काँडा कि फूल ट्रेलरमा


काठमाडौँ,

साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म जीवन काँडा कि फूलको ट्रेलर सार्वजनिक गरिएको छ । आगामी कात्तिक २२ गते रिलिजमा आउने फिल्मको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्ममा झमक सानो छँदाको भूमिकामा सिलगुडिकी अवस्था थापा र ठूलो हुँदाको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै झमकको बहिनीको भूमिकामा सारिका घिमिरे, बुबाको भूमिकामा किसन सुनार, आमाको भूमिका उमा गिरी लगायत ३० भन्दा बढी कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा र संवाद रहेको फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतमको स्वर, कमल राईको नृत्य निर्देशन, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा जुनु गौतम सहनिर्मात्री रहेकी छिन् भने फिल्म विनोद विष्टको निर्माण र निर्देशनमा बनेको हो ।
नेपाल समाचारपत्रबाट

Logo