अरबी महिलाहरूको सौन्दर्य रहस्य ! के खान्छन् र हुन्छन् यति राम्रा ?

अरबी महिलाहरूको सौन्दर्य रहस्य ! के खान्छन् र हुन्छन् यति राम्रा ?


दिल से तेरी निगाह जिगर तक उतर गई
दोनों को इक अदा में रजामन्द कर गई

मिर्जा गालिबको यो शेरले सम्झना गराउँछ सौन्दर्यको अप्रतिम मूर्ति । जसको हेराइमा घायल नहुने पुरुष हृदय शायदै पाइएलान् । हो हामी कुरा गर्दै छौँ सुन्दरताको, विशेष गरी अरबी महिलाहरूको सुन्दरताको ।

आधुनिक समयमा सुन्दरताको कुरा गर्दा अरबी महिलाहरूको चर्चाबिना त्यो अधुरो हुन्छ । बान्की मिलेको अनुहार, चमकदार छाला, तेजिलो आँखा, मुलायम एवं रसिलो ओठ आदिका कारण उनीहरूको सौन्दर्य अप्रतिम हुने गर्छ ।

अरबी महिलाहरूको छाला तथा कपाल पनि अन्य देशका महिलाहरूको तुलनामा धेरै सुन्दर र स्वस्थ हुन्छ । उनीहरू ठूल्ठूला आँखा र आकर्षक हेराइका कारण पनि प्रख्यात छन् । यहाँका महिलाहरू धेरैजसो बुर्काभित्र रहन्छन् । तर नकाबभित्रबाट देखिने सुन्दर आँखाले नै उनीहरूको सुन्दरताको बयान गर्छ ।

अरबी महिलाको सुन्दरता प्राकृतिक त हुँदै हो त्यसमाथि उनीहरूले गर्ने छालाको हेरचाहका कारण पनि उनीहरूको सौन्दर्यमा थप वृद्धि हुने गरेको छ ।

अरबी महिलाहरू आफ्नो प्राकृतिक सुन्दरतालाई जोगाइराख्न विशेष रूपमा छालाको हेरचाह गर्छन् । स्वस्थकर खाना खान्छन् । अनि घामबाट जोगिन विविध उपाय अपनाउँछन् ।

अरबी महिलाहरू आफ्नो सुन्दरताको हेरचाह कसरी गर्छन् त ?

अरबी महिलाहरू बुर्का लगाउँछन् । बुर्का लगाउनुको पछाडि धार्मिक कारण त छँदै छ तर यसले सूर्यको हानिकारक किरणबाट छालालाई जोगाउने कामसमेत गर्छ । बुर्काले छालालाई प्रदूषण र धुलोबाट पनि बचाउँछ ।

अरबी महिलाहरू सनस्क्रिनको प्रयोग गर्छन् । अरबमा सनबाथको पारम्परिक संस्कृति छ । आज पनि अरबी महिलाहरू आफ्नो सुन्दरता कायम राख्न परम्परागत सनबाथ लिन रुचाउँछन् ।

नरम र चम्किलो छालाका लागि अरबी महिलाहरू विशेष किसिमको तेलले दिनहुँ मसाज गर्नुको साथै शरीरमा स्टीम दिने गर्छन् । यसका साथै तातोपानीमा शरीरलाई घण्टौंसम्म डुबाएर राख्ने गर्छन् ।

अरबी महिलाहरू एभोकाडोयुक्त घरमा बनेका सौन्दर्य प्रसाधनको प्रयोग गर्छन् । उनीहरू सुन्दरताको मामिलामा निकै संवेदनशील हुन्छन् । उनीहरू अर्गानिक सौन्दर्य प्रसाधन मात्र प्रयोग गर्छन् ।

अरबी महिलाहरू आँखाको मेकअप गर्न मन पराउँछन् । गाजल उनीहरूको अत्यन्त प्रिय सौन्दर्य प्रसाधन हो । आँखाको सुन्दरता बढाउन उनीहरू घरमै बनाइएको गाजल लगाउने गर्छन् ।

अरबी महिलाहरू हलावा नामक घरमा बनेका वाक्सको प्रयोग गर्छन् । यसैबाट उनीहरू शरीरका अनावश्यक रौं हटाउँछन् ।

अरबी महिलाहरू गुलाबजललाई महत्वपूर्ण सौन्दर्य प्रसाधनको रूपमा प्रयोग गर्छन् । गुलाबजलले नेचुरल एस्ट्रिजेन्टको काम गर्छ । यसले छाला बिग्रन तथा चाउरिन दिँदैन । उनीहरू गुलाबजललाई जमाएर आइसक्युब बनाई अनुहार र गर्दनको वरिपरि रगड्छन् । यसो गर्दा अनुहार र गर्दनको छाला कसिलो तथा चमकदार हुन्छ ।

अरबी महिलाहरू कठोर हेल्दी डाइट फलो गर्छन् । हामी चिल्लो र स्वादिलो खाना देख्नासाथ मन थाम्न सक्दैनौँ तर अरबी महिलाहरू स्वस्थकर खाना खान्छन् । उनीहरूको खानामा पर्याप्त फलफूल र सागपात हुने गर्छ ।

अरबी महिलाहरू कपालको सुन्दरतामा विशेष ध्यान दिन्छन् । उनीहरू कपाललाई सुन्दर र स्वस्थ बनाउनका लागि विशेष प्रकारको अरबी तेलको प्रयोग गर्छन् ।

Logo