गीताका विषयमा भनिएकाे छ :
गीताधीता च येनापि भक्तिभावेन चेतसा । नानाशास्त्रपुराणानि तेनाधीतानि सर्वश ।।
त्यसैगरी अर्काे कथन छ :
सर्वाेपनिषदाे गावाे दाेग्धा गाेपालनन्दन । पार्थाे वत्स सुधीर्भाेक्ता गीताज्ञानामृतम् महत् ।।
गीता सबै शास्त्रकाे सार हाे । जीवनकाे रहस्य उजागर गर्ने अद्भुत शास्त्र हाे । रहस्यकाे भण्डार हाे ।
भनिन्छ, श्रीमद्भागवद्गीताको अध्ययनले जीवन र जगतलाई बुझ्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ । गीताको रचना अद्भुत तरिकाले भएको छ । याे महाभारत युद्धमा समयमा कर्तव्य पथबाट भट्किन लागेका अर्जुनलाई कर्मकाे मार्गमा लगाउन श्रीकृष्णले सुनाएकाे दिव्य वाणी हाे ।
श्रीकृष्णले युद्ध मैदानमा अर्जुनलाई जे जति कुरा सुनाए, त्यही गीता हो ।
श्रीकृष्ण जन्माेत्सवकाे पूर्व सन्ध्यामा यहाँ भागवत गीताका केही अनमोल उद्धरण प्रस्तुत गरिएकाे छ । श्रीकृष्णले अर्जुनलाई दिएका यी उपदेशमा जीवनका रहस्य लुकेका छन् ।
-क्रोधबाट भ्रम वा सम्माेह पैदा हुन्छ । भ्रमबाट बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि भ्रष्ट हुन्छ, तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन्छ ।
– भगवान् वा परमात्माको शान्ति त्याेसँग हुन्छ जसको मन र आत्मामा एकता र सामञ्जस्य छ । जो इच्छा र क्रोधबाट मुक्त छ । जसले आफ्नो आत्मालाई सही अर्थमा बुझेकाे छ।
-व्यक्ति जे चाह्यो त्यही बन्न सक्छ तर यसका लागि उसले विश्वासका साथ इच्छाएको वस्तुमा लगातार चिन्तन गर्नु जरुरी छ ।
-जसले सबै इच्छा त्यागिदिन्छ, र ‘म’ र ‘मेरो’ काे लालसा र भावनाबाट मुक्त हुन्छ, उसलाई शान्ति प्राप्त हुन्छ ।
– आफ्नो कर्ममा मन लगाउनुपर्छ, त्यसको फलमा होइन ।
-स्वार्थले भरिएको कामले सांसारिक कैदमा जकडिराख्छ तसर्थ आफ्नो जीवनबाट स्वार्थलाई टाढा राख्नुपर्छ।
-ज्ञानी व्यक्तिले कर्मफल आशा गरिरहेका अज्ञानी व्यक्तिको दिमागलाई अस्थिर बनाउनु हुँदैन ।
-जसले कुनै पनि देवताको पूजा विश्वासपूवर्क गर्छ, म उसको विश्वास उही देवतामा दृढ गरिदिन्छु ।
-बुद्धिमानले आफ्नो चेतनालाई एकजुट गर्नुपर्छ र फलका लागि इच्छा/लगाव त्यागिदिनुपर्छ ।
-सपना देख्नेले यो सोच्छन् कि उसको सपनाका अलावा केही पनि सत्य छैन, यस्ताे गल्तीले अन्तिम वास्तविकताका लागि त्यहीँ लैजान्छ ।
-शरीर नश्वर छ तर आत्मा अजरामर, अविनाशी एवं अटल छ । हामीले लुगा फेरेजस्तै आत्माले शरीर फेरिरहन्छ ।
-ध्यान, योग, तपजस्ता कार्यले आत्मालाई परमात्मासम्म सघाउ पुर्याउँछन् ।
प्रतिक्रिया