काँग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै

काँग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै


काठमाडौं ।

नेपाली काँग्रेसले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधी सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएसँगै उत्पन्न विकसित राजनीतिक घट्नाक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ ।

यस अघि सोमबार काँग्रेसले नेकपासहितका दलहरुसँग सर्वदलिय बैठक राखेको थियो । सर्वदलिय बैठकले सरकारको कदमको विरोध गर्दै संसद पुनर्स्थापनाका लागि संघर्ष गर्ने निर्णय गरेको थियो ।

काँग्रेस लगायत अन्य दलहरुले संसद विघटनलाई असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने घोषणा गरिसकेका छन् । काँग्रेसको आजको बैठक अब कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ।

Logo