निधन भएकी अभिनेत्री अधिकारीको शनिवारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो । "/>

अस्ताइन् वरिष्ठ अभिनेत्री शुभद्रा (भिडियोमा)

अस्ताइन् वरिष्ठ अभिनेत्री शुभद्रा (भिडियोमा)


काठमाडौं । वरिष्ठ कलाकार शुभद्रा अधिकारीको अन्तिम संस्कार गरिएको छ । शनिवार बिहान आफ्नै निवास डल्लुमा निधन भएकी अभिनेत्री अधिकारीको शनिवारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

७३ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन् । वि.स. २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् ।

रहिनन् अभिनेत्री शुभद्रा अधिकारी

नाटकमा निकै जमेकी उनले चिनो, कन्यादान, वसन्ती, मुनामदनलगायतका चलचित्रहरुमा प्रभावशाली अभिनय गरेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा अधिकारी जीवन गाथा’ पुस्तक पनि प्रकाशित छन् ।

अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा ‘सुभद्रा अधिकारी फाउण्डेशन’ समेत स्थापना गरेकी थिइन् । उनका १ छोरा र छोरी छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

-वरिष्ठ कलाकार सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन, पशुपति आर्यघाटमा अन्त्येष्टि -अधिकारीले ‘कची मचा’ भन्ने नाटकबाट आफ्नो अभिनय सुरु गर्नु भएको थियो । -यसपछि ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गर्नु भयो । https://kendrabindu-wp.10orbits.com/post/102618

Posted by Kendrabindu – केन्द्रबिन्दु on Saturday, August 17, 2019

Logo