नेपाली काँग्रेसद्वारा पार्टीको निर्देशिका पारित

नेपाली काँग्रेसद्वारा पार्टीको निर्देशिका पारित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीको निर्देशिका पनि पारित गरेको छ । नेपाली काँग्रेसको आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले पार्टीको विभिन्न तहको कार्य समिति समायोजन गर्ने गरी पार्टीको निर्देशिका सर्वसम्मतिले पारित गरेको हो ।

साविकको कार्य समितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्य समिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रिय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ । सहमहामन्त्री महतले भदौ २० गते भित्र प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्रीय कार्य समिति समायोजन गरी सक्ने र कार्तिक महिना भित्रै सबै कार्य समिति समायोजन गरी सक्ने निर्णय पनि गरिएको बताए ।

नेपाली काँग्रेसले निर्वाचनमार्फत सबै कार्य समिति निर्माण गर्न समस्या भएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि साविककै समितिहरुलाई मिलाएर समायोजना गर्ने गरी निर्देशिका बनाएको हो ।

Logo