भक्तपुर
भक्तपुरको बिस्केट जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जात्रास्थलमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । विशेष गरेर भैरवनाथको रथ तान्ने क्रममा हुन सक्ने हुलदंगा नियन्त्रणका लागि भक्तपुर नगरपालिकाको समन्वयमा ३५ ठाउँंमा सिसिटिभी क्यामरा जडान गरिने भएको हो ।
जडान गरिएका क्यामेराबाट महानगरीय प्रहरी परिसर भक्तपुरको सर्भरकक्षबाट जात्रास्थलका गतिविधि सीधै हेर्न सकिने गरी व्यवस्थापन गरिने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जनाइन् । जात्रालाई शान्तिपूर्ण बनाउन महानगरीय प्रहरी परिसर भक्तपुरले झन्डै एक हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । ठाउँ ठाउँमा सादा पोसाकका प्रहरी परिचालन गर्ने र अप्रिय घटनामा संलग्न हुन खोज्नेलाई तत्काल पक्राउ गर्न सकिने गरी सुरक्षा प्रबन्ध मिलाइएको परिसरले जनाएको छ ।
यस वर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिएको जनाइएको छ । दिउँसो २ बजे नै टौमढीबाट भैरव रथ तान्ने र साँझ ५ बजे सम्म रथलाई अन्तिम गन्तव्य गहिटी पु¥याउने योजना बनाइएको छ । विगतका वर्षमा जति नै चाँडै रथ तान्ने निर्णय गरे पनि साँझबाट रथ तान्न सुरु गर्ने र मध्यराति सम्म नै रथ तान्ने गर्दा ढुंगा हानाहान हुने गरेको भन्दै यो वर्ष दिउँंसै रथ तान्ने योजना बनाइएको हो । भक्तपुरको बिस्केट जात्रा यो वर्ष चैत २७ गते मंगलबार देखि पाँंचतले मन्दिर टौमढीमा राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुँंदैछ।
नागरिकबाट
प्रकाशित: २४ चैत २०७४ ०८:३४ शनिबार