अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राई सिफारिस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राई सिफारिस


काठमाडौं ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा गृह मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को मंसिर ३० गते अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो ।

आज राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटनको सिफारिस सदर भएसँगै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको स्रोतले जानकारी दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत रिक्त रहेका ४५ वटै संवैधानिक निकायमा प्रमुख नियुक्तिको सिफारिस भएको खुलेको छ ।

Logo