सुरेन्द्र केसीलाई करिश्माको चेतावनी- ‘तपाईको केही खाएको छैन, बोल्दा विचार गर्नुहोला’ (भिडियोसहित)

सुरेन्द्र केसीलाई करिश्माको चेतावनी- ‘तपाईको केही खाएको छैन, बोल्दा विचार गर्नुहोला’ (भिडियोसहित)


अभिनेत्री करिश्मा मानन्धरले विश्लेषक डा. सुरेन्द्र केसीलाई सोसल मिडियाबाटै चेतावनी दिएकी छन् । करिश्माले आफ्नो श्रीमान बिनोद मानन्धरको अपमान गरेको भन्दै केसीलाई सामाजिक संजाल फेसबुकबाटै खुला चेतावनी दिएकी हुन्।

डा. केसीले बोलाइको आधारमा उनको व्यक्तित्व आन्दाज गर्न मुस्किल  परेको भन्दै उनले लेखेकी छन्, ‘डा. सुरेन्द्र केसी विश्लेषक , बोलिरहनु हुन्छ तर कहिलेकाही के बोल्नु हुन्छ के ! त्यो उहाँको बोलाइको आधारमा उहाँको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !’

केसीले एक अन्तर्वार्तामा बिनोद मानन्धरको नाम लिएर दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै करिश्माले लेखेकी छन्, ‘पोखरामा बिनोद जी ले उहाँलाई देखेपछि आफै गएर भेट्नु भयो रे अनि म करिश्माको श्रीमान भन्नुभयो रे, त्यसले बिनोदजीले आफ्नो इज्जत घटाउनु भयो रे !
उहाँजस्तो व्यक्तित्वबाट मैले यो आश गरेको थिइन ।’

करिश्माले थप प्रश्न गरेकी छन्, ‘बिनोदजीले आफ्नो परिचय दिंदा करिश्माको श्रीमान् भनेकोले बिनोदजी कसरी इज्जतबिहिन हुनुभयो डा . केसी ?’ आफू राजा बन्न चाहने श्रीमानहरुले आफ्नी श्रीमतीलाई रानी सरहको व्यवहार  गर्छ भन्दै उनले लेखेकी छन्, ‘जो मानिसले आफू राजा जस्तो बनेर हिड्न चाहन्छ नि उसले आफ्नो श्रीमतीलाई रानीसरहको व्यवहार गर्छ ।’

कोही मान्छे आफुसँग झुक्न आउनु उसको कमजोरी नभई महानता भएको करिश्माको भनाइ छ। ‘आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस् । बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैनन् । सबैभन्दा ठूलो कुरा उनमा मानवता छ र उनले तपाईंले जस्तो अरुको नचाहने ‘जजमेन्ट ‘गरेर अरुको बारे गलत व्याख्या गर्दैनन् । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन्। हामीले तपाईंको केही खाएको छैन ।’ उनले आक्रोश पोखेकी छन्।

 

Logo