अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु


अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन्।

आइतबार साँझ  ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा बन्दुकधारीले गोली चलाउँदा १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीले बन्दुक आक्रमणमा दुई/तीन जनाको संलग्नता हुने सक्ने बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ । तीन दिन हुने भनिएको फेस्टिभल आक्रमणपछि स्थगित भएको छ ।

Logo