1

0 Shares

आज ओली र दाहालबीच ‘वान टु वान’ वार्ता हुँदै

1
1
1

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज वान टु वान वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले दाहाललाई १० बजे छलफलका लागि बालुवाटार बोलाएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाकारी दिए ।

उनका अनुसार आइतबार तय भएको वार्ता पनि दाहालकै व्यस्तताले हुन सकेको थिएन । माओवादी केन्द्रका नेता अग्नी सापकोटाले पनि आजै दुई नेता बीच वान टु वान वार्ता हुने जानकारी दिए । वैशाख ९ गते हुने भनिएको एकता घोषणा अलमलमा परेका बेला दुई नेता बीच वार्ता हुन लागेको हो । दुई वटा कार्यदलले बुझाएको प्रतिवेदनमा रहेका केही विवादित विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रिया अन्योलमा परेको थियो ।

ओली भारत भ्रमणबाट फर्किए लगत्तै विवादित विषय टुंगो लाग्न एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि बस्न नसक्दा वैशाख ९ मा एकता हुनेमा शंका व्यक्त गरिएको छ । बालुवाटार स्रोतका अनुसार आजको यो वार्ता निर्णायक हुने बुझिएको छ ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ३ बैशाख २०७५ ०८:४३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी