१८ हजार घुससहित दुई प्रहरी सई पक्राउ

१८ हजार घुससहित दुई प्रहरी सई पक्राउ


काठमाडौं । नेपाल प्रहरीका दुई जना सई घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रमेशकुमार पाण्डे र राजु स्वर्णकार रहेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ घुसहित पक्राउ गरेको हो । १८ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Skip This
Logo