स्रोत नखुलेको २५ लाख रुपियाँसहित रौतहटबाट एकजना पक्राउ

स्रोत नखुलेको २५ लाख रुपियाँसहित रौतहटबाट एकजना पक्राउ


रौतहट,
जिल्ला प्रहरी कार्यालय, रौतहटको अपराध अनुसन्धान टोलीले २५ लाख रुपियाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । गौर नगरपालिका –३ स्थित बिपी चौक नजिकैबाट गडीमाई नगरपालिका – ७ का २३ वर्षीय अजमतुल्ला अन्सारीलाई २५ लाख रुपियाँसहित नियन्त्रणमा लिएको हो ।

गत सोमवार गोप्य सुुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा अन्सारीले बोकेको झोलामा उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको छ ।

बरामद भएको उक्त परिणामको रकमबारे अन्सारीले भरपर्दो स्रोत खुलाउन असमर्थ भएका कारण अनुुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खड्काले जानकारी दिनुभयो । आवश्यक प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुुसन्धानका लागि अन्सारीलाई उक्त रकमसहित मंगलवार सम्पती शुद्धीकरण बिभाग ललितपुर हरिहरभवनमा पठाएको एसपी खडकाले बताउनुभयो ।
गोरखापत्रबाट

Logo